ट्रम्पको आग्रहपछि इरान र इजरायलले एकअर्कामाथिको आक्रमण तत्कालका लागि रोके

एजेन्सी । इरान र इजरायलले एकअर्कामाथिको आक्रमण तत्कालका लागि रोकिएको बताएका छन् ।

अप्रिलमा भएको युद्धविरामपछि पहिलोपटक दुवै देशबीच प्रत्यक्ष मिसाइल तथा हवाई आक्रमण भएको थियो ।

ट्रम्पको आग्रहपछि  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्यायुले सोमबार आफ्नो देशले ‘अहिलेलाई गोलीबारी रोकेको’ बताएका छन् । तर उनले इरान र हिजबुल्लाहविरुद्धको संघर्ष समाप्त नभएको स्पष्ट पारे ।

उता इरानको सेनाले पनि इजरायललाई कडा जवाफ दिएपछि आफ्ना सैन्य कारबाही रोकिएको जनाएको छ । साथै, यदि इजरायलले पुनः आक्रमण गरेमा अझ कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ ।