भारत भ्रमण सकेर स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल

काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किनुभएको छ ।

उहाँ तीन दिने भारत भ्रमण सकेर आज (आइतबार) स्वदेश फर्किनुभएको हो ।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरको निमन्त्रणामा उहाँ भारत भ्रमणमा जानुभएको थियो ।

भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेश मन्त्रालयको प्रतिनिधिमण्डलको टोलीसँग हिजो भेटघाट गरेको थियो ।

यसका अलवा अन्य राजनीतिक र सरकारी भेटवार्ता भएको थियो ।