शिक्षा मन्त्रालयद्वारा आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक

काठमाण्डौ । शिक्षा तथा खेलकूद मन्त्रालयले आठवटा विश्वविद्यालयको उपकुलपतिको सर्टलिस्ट सार्वजनिक गरेको छ ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिको उम्मेदवारको सर्टलिस्ट सार्वजनिक भएको हो ।

उपकुलपति सिफारिस गर्न गठित समितिका अनुसार सर्टलिस्टमा रहेका उम्मेदवारहरूका सम्बन्धमा पर्सि सोमबारसम्म राय सुझाव दिन सकिने छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वन विज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयको लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।

त्यसमध्ये विज्ञले दिएको नम्बरको आधारमा सर्टलिस्ट सार्वजनिक गरिएको हो ।