प्रधानमन्त्री र लुम्बिनीका मन्त्रीहरुको भेट, प्रदेशलाई बलियो बनाउने आयोजना कार्यान्वयन गर्न सुझाव
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र लुम्बिनीका मुख्यमन्त्री सहितका मन्त्रिहरु संग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारीवृद्धितर्फ ध्यान केन्द्रित गर्न लुुम्बिनी प्रदेश सरकारलाई प्रधानन्त्रीले आग्रह गर्नुभएको छ । सो प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगिकरण गर्दै त्यसको बजार विस्तार गर्न सुुझाव दिए।
प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गर्नु भएको छ । ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमतिरसहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गर्नु भएको हो ।
मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी निर्माणको लागी र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा राख्नु भएको छ ।

