प्रधानमन्त्री ओली र भारतीय बिदेश सचिवबिच शिष्टचार भेटबार्ता

काठमाण्डौ । प्रधानमन्त्रि केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्री बिच भेटबार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सिंहदरबारमा शिष्टचार भेटबार्ता भएको छ।

उहाँ दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आईपुन्नु भएको हो । केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण भएको हो । सो भ्रमणको क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उहाँ नेपाल आउनु भएको हो । अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको थियो ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गर्नु भएको थियो ।