बेलायतमा रहेका नेपालीलाई प्रदर्शनमा सहभागी नहुन दूतावासको आग्रह
बेलायतमा रहेका नेपालीलाई दूतावासले त्यहाँ भइरहेको प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको छ ।
केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन चलिरहेको छ ।
दूतावासले एक सूचना जारी गर्दै बेलायतमा रहेका र बेलायत भ्रमण गर्न लागेका सम्पूर्ण नागरिकलाई प्रदर्शन भएको स्थानमा भ्रमण नगर्न र प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।
लन्डनस्थित नेपाली राजदूतावासले बेलायतको वर्तमान अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ ।
दूतावासले सम्पूर्ण नेपाली नागरिकलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेका सूचनाहरू ध्यानपूर्वक पालना गर्न आग्रह गरेको छ ।

