काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा नेपाल र भारतको उपाधि भिडन्त आज (बुधबार)

काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा आज  नेपाल र भारत आमनेसामने हुँदैछन । यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो । खेल सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ ।

मङ्गलबार भएको खेलमा नेपालले इरानलाई  २५–२१,  २८–२६  र  २५–२० ले पराजित गरेर फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । मङ्गलबार नै भारतले श्रीलंकालाई  ३–०  सोझो सेटमै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । यी दुई पराजित टोलीबीच तेस्रो स्थानका लागि आजै दिउँसो २ बजे खेल हुनेछ ।

लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो । नेपालकी कप्तान अरुणा शाहीले मङ्गलबारको लय कायम राख्दै फाइनलमा भारतलाई हराउने विश्वास व्यक्त गर्नु भएको थियो । कप्तान अरुणाले दर्शकका साथले पनि खेल जित्न सहयोग पु¥याएको र फाइनलमा पनि घरेलु दर्शकको यस्तै साथ रहने अपेक्षा गर्नु भयो ।

नेपालले लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।