भारतको बिहारमा करेन्ट लागेर ९ जनाको मृत्यु
काठमाण्डौ । भारतको बिहारमा करेन्ट लागेर ९ जनाको मृत्यु र्भएको छ । बिहारको वैशाली जिल्लामा ११ हजार भोल्टको करेन्ट लागेर भएको घटनामा अरू दुई जना सख्त घाइते भएका छन् ।
औद्योगिक प्रहरी चौकी क्षेत्रको सुल्तानपुर गाउँमा हाइटेन्सन तार गाडीमा खस्दा यो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
गएराति भएको घटनामा घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै बाजागाजासहित नाच्दै र गाउँदै साउने सोमवारका लागि जल लिन घाटमा गएका थिए ।

