परराष्ट्रसचिव लम्साल ओमान जाँदै

काठमाण्डौ । परराष्ट्रसचिव सेवा लम्साल सोमबार (भोलि) ओमान जाने हुनु भएको छ । नेपाल र ओमानबीच हुन गइरहेको द्विपक्षीय परामर्श समितिको पहिलो बैठकमा सहभागी हुन उँहा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–ओमान द्विपक्षीय परामर्श समितिको बैठक यही साउन २३ गते ओमानको मस्कटमा हुँदै छ ।

ओमान भ्रमणमा क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रसचिव लम्साल साउन २५ गते ओमानबाट स्वदेश फर्कने मन्त्रालयले जानकारी दिएको छ ।