बाघको आक्रमणबाट एकजना घाइते

बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२, बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएउनु भयो ।

आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको मुख र हातमा चोट लागेकोे छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ ।