काठमाडौ उपत्यकाका ३ जिल्लाहरूमा आज सार्वजनिक बिदा
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ । रातो मच्छिन्द्रनाथको भोटो देखाउने भएकाले सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रामा आज राष्ट्रपति रामचन्द्र पौडेल पनि सहभागी हुनेछन् । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
‘गत माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा मिति २०८१ साल श्रावण २० गते आइतबार काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयको सूचनामा भनिएको छ।

