नेकपा एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटीको बैठक
काठमाण्डौ । आज नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलले सम्पन्न गरेको कार्यसम्पादनको समीक्षा समेत हुने नेता आलोक रायमाझीले बताउनु भयो ।
बैठकले क्लष्टरका आधारमा प्रस्ताव गरिएका नामलाई केन्द्रीय सदस्यका रुपमा मनोनित गर्ने छ । साथै कार्यदलले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्ने बैठकमा प्रस्तावित ती नामलाई केन्द्रीय कमिटीले अनुमोदन गर्ने रायमाझीले बताउनु भयो ।

