इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु कुनै पनि रक्षात्मक र आक्रामक अवस्थाका लागि तयार

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कुनै पनि रक्षात्मक र आक्रामक अवस्थाका लागि तयार रहेको प्रतिक्रिया दिनु भएको छ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहले हिजो (बिहीबार) बेरुत उपनगरमा इजरायलले गरेको आक्रमणमा आफ्ना शीर्ष सैन्य कमाण्डर फुआद शुक्रको हत्याको जवाफ दिन लेबनानी सशस्त्र समूह बाध्य छ भन्ने चेतावनी दिएपछि नेतान्याहुको यो टिप्पणी आएको हो ।

बुधबार तेहरानमा भएको आक्रमणमा हमास प्रमुख इस्माइल हानियाको मृत्यु भएको थियो । इरान र हमासले यो आक्रमण इजरायलले गरेको आरोप लगाएको छ । इजरायलले उहाँको हत्याका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।