रास्वपाको केन्द्रीय समिति हेरफेरको विवरण निर्वाचन आयोगमा पेस

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम राजनैतिक दल सम्बन्धी विवरण हेरफेरको जानकारी ३० दिनभित्र निर्वाचन आयोगलाई बुझाउनुपर्ने व्यवस्था छ । यसैबमोजिम रास्वपाले एक महिना पुग्नु अगावै विवरण हेरफेरको जानकारी आयोगलाई बुझाएको हो ।

रास्वपाले गत असार १९ गते महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट डा. मुकुल ढकाललाई निलम्बन गरेको थियो । असार २५ गते बसेको केन्द्रीय समितिको बैठकले अनुशासनात्मक कारबाही गर्दै उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय समितिको सदस्य समेतको जिम्मेवारीबाट पदमुक्त गरेको थियो ।

हिजो (बिहीबार) रास्वपाले आयोगलाई केन्द्रीय समितिको अद्यावधिक विवरण बुझाएको हो ।