मेलम्ची नदीको तटीय क्षेत्रमा बाढीको जोखिम

सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । नाकोटेको जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

जलसतह बढ्दो क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।