बागमती प्रदेशमा एमाले मनोनीत सदस्यहरूको शपथ ग्रहण
काठमाण्डौ। नेकपा एमाले वाग्मती प्रदेश कमिटीमा मनोनीत सदस्यहरूको शपथग्रहण कार्यक्रम हिजो (बुधबार) सम्पन्न भएको छ ।
बागमती प्रदेश सचिवालयको प्रथम र दोस्रो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनीत भएका नेताहरूलाई नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले शपथग्रहण गराउनुभएको हो ।
नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इञ्चार्ज गुरुप्रसाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा ३४ जना मनोनीत सदस्यले शपथ लिनुभएको बागमती प्रदेश कमिटी उपसचिव तथा पार्टीको बागमती प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख भक्तकुमारी लामाले जानकारी दिनुभयो ।

