ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको पेरिस ओलम्पिकमा लगातार तेस्रो पराजय
काठमाण्डौ । पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूह चरणको तीन वटै खेलमा पराजित भएका छन् । आज भएको समूह (पी) को पुरुष एकलतर्फ प्रिन्स इजरायलका मिसा जिलबरमनसँग २१–१२ र २१–१० ले पराजित भएका हुन् ।
प्रिन्स विश्व वरीयताको एक सय ७२ औँ र इजरायलका जिलबरमन ५८ औँ स्थानमा छन् ।
यसअघि प्रिन्स समूह चरणको पहिलो खेलमा विश्व वरीयताको शीर्ष दुईमा रहेका डनेमार्कका भिक्टर एक्सेल्सेनसँग र दोस्रो खेलमा विश्व वरीयताको ४३ औँ स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग पराजित भएका थिए । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनतर्फ सहभागिता जनाएको हो ।
पेरिस ओलम्पिक २०२४ मा नेपालबाट सातजना खेलाडी सहभागी भएकामा पाँच जनाको खेल सकिइसकेको छ। अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोषीले अन्तिम दिन अगस्ट ११ मा महिला म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् ।

