बागमतीका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त
काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।
उहाँको विपक्षमा भने ३५ मत प्राप्त भएको थियो। तीन सांसद तटस्थ बसेका थिए ।
बागमती प्रदेशसभाका सभामुख भुवन पाठकले मुख्यमन्त्री लामाको पक्षमा आएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नु भएको थियो ।

