पाकिस्तानको कुर्रममा भूमिसम्बन्धी विवादमा ४३ जनाको मृत्यु

पाकिस्तानको कुर्रम जिल्लामा भूमिसम्बन्धी विवाद हुँदा ४३ जनाको ज्यान गएको छ भने अरु एक सय ५० भन्दा धेरै मानिस घाइते भएका छन् ।

३० एकड अर्थात झण्डै एक सय कनाल जग्गाको स्वामित्वको विषयमा विवाद भएको थियो । यो विवाद बुसेहराका दुई गाउँमा बसोबास गर्ने आदिवासीबीचको हो । जनजातिहरूबीचको भूमिसम्बन्धी विवाद साम्प्रदायिक हिंसामा परिवर्तन आएको छ ।

अधिकारीहरुकाअनुसार ६ दिन अघि शुरु भएको लडाई कुर्रम जिल्लाका विभिन्न क्षेत्रमा फैलिएको छ ।
सुन्नी मुस्लिम मडागी र शिया माली खेल जनजातिबीच गएको बुधवारदेखि हिंसा भइरहेको बीबीसी हिन्दिले जनाएको छ ।