पहिलो महिला सञ्चार सचिवमा राधिका अर्याल

काठमाण्डौ । सरकारले उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव राधिका अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरेको छ । यस अघि लुम्बिनी प्रदेशको प्रमुख सचिव रहनुभएकी अर्याल केहि महिना अघि सरुवा भएर उपराष्ट्रपति कार्यालयमा सरुवा भएर आउनुभएको थियो ।

अर्याल सञ्चार मन्त्रालयमा सरुवा भएसँगै मन्त्रालयको इतिहासमा पहिलो सचिव महिला बन्नुभएको छ । उहाँ सहसचिव रहदाँ सञ्चार मन्त्रालयमा नै प्रशासन तथा योजना महाशाखा प्रमुख बनेर जिम्मेवारी सम्हाल्नुभएको थियो । । उहाँ यस अघि लुम्बिनी प्रदेश सरकारको पनि पहिलो महिला सचिव बनेर इतिहास कायम राख्नुभएको छ ।

अर्याल गत कात्तिकमा सचिवमा बढुवा हुनुभएको थियो । बढुवालगत्तै अर्याल लुम्बिनीको प्रमुख सचिवमा पदस्थापन हुुनभएको थियो ।

विसं २०६१ माघमा खुला प्रतिस्पर्धाबाट शाखा अधिकृतमा प्रवेश गर्नुभएकी अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ८ वर्ष बिताउनुभयो । शाखा अधिकृतबाट उपसचिव नभएरै उहाँ आठ वर्षपछि २०६९ चैतमा एकै पटक खुला प्रतिस्पर्धाअन्तर्गत महिलातर्फ सहसचिवमा नाम निकाल्न सफल हुनुभएको थियो ।