चामल र दलहनको भाउ महँगीयो, व्यापारीले आफूखुुसी मूल्य बढाएर बिक्री गर्दै

काठमाण्डौ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो एक महिनामा चामल प्रतिबोरामा १५० रुपियाँसम्म र दलहन प्रतिकेजीमा ९० रुपियाँसम्म महँगो भएको हो ।
भारत सरकारले चामल र दलहन लगायतका खाद्य वस्तुु नेपालमा निर्यात गर्दा अतिरिक्त भन्सार महसुुल लगायतका कारण पछिल्ला दिनमा नेपालका व्यापारीले आफूखुुसी रूपमा मौज्दात रहेका चामल र दलहनमा समेत मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।

नेपाल खुुद्रा व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष नरेश खड्कीले पछिल्लो एक महिनामा चामल, दहलन, खाने तेल, आटा लगायतका वस्तुुको भाउ महँगो भएको बताउनुुभयो । थोकमा चामल, दाल, गेडागुडी, आटा, चिनीलगायतको भाउ दिनैपिच्छे बढेको भन्दै उहाँले हिजो बेचिरहेको वस्तुुको मूल्यमा आज ल्याएर बिक्री गर्न सकिने अवस्था नरहेको बताउनुभयो ।

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार नेपाल खाद्यवस्तुुमा लगभग भारतमै निर्भर रहेको र हाल भारतमै ती वस्तुुको भाउ बढेको हुँदा चामल प्रतिबोरा एक सय रुपियाँ बढेर आएको छ । नेपालमा चामल, दलहन चिनी, तेललगायतका वस्तुु मौज्दात राख्न सक्ने अवस्था नरहेको र दैनिक आउने हुँदा भारतमा बढ्नेबित्तिकै नेपालमा त्यसको असर परेको सङ्घले जनाएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चामलका मिल तथा उद्योगी र खाद्यवस्तुुका थोक व्यापारीले चामल र दलहनको मूल्य बढ्नुको कारणबारे अध्ययन गरिरहेको जनाएको छ । विभागका महानिर्देशक राजन पौडेलले पछिल्लो पटक भारत सरकारले नेपालमा चामललगायतका खाद्य वस्तुु निर्यात गर्न अतिरिक्त भन्सार महसुुल २० प्रतिशत बढाएसँगै खाद्य वस्तुु चामल, दाललगायतको भाउ बढेको अनुुगमनका क्रममा पाइएको बताउनुुभयो ।

नेपालमा हाल चामलको मौज्दातको अवस्था नेपाली उत्पादनलगायतका विषयमा पनि छलफल भएकाले एक–दुई दिनभित्रै विवरण पेस गर्ने प्रतिबद्धता गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भारतले चामल, दलहनलगायतका वस्तुुको निर्यातमा कडाइ गर्दै ती वस्तुुको निर्यातमा २० प्रतिशत अतिरिक्त भन्सार महसुल थपेकाले आमनेपाली उपभोक्ता यसको प्रत्यक्ष मारमा परेको बताउनुुभयो ।
भारत सरकारले चामल, दलहनलगायतका वस्तुु नेपाल, श्रीलङ्का, माल्दिभ्समा पनि निर्यात गर्दै आएको भए पनि भन्सार महसुल भने नेपाललाई मात्रै लगाएको छ ।