दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस ’बी’ र ’सी’ को बढ्दो संक्रमण
काठमाण्डौ । दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस ’बी’ र ’सी’ कोे संक्रमण बढ्दो छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन संक्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ’कलेजो फेल’ जस्ता गम्भीर रोगले ज्यान लिइरहेको डब्ल्यूएचओको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दक्षिण–पूर्वी एसियाली देशमा कलेजोको क्यान्सर निम्त्याउने चौँथो ठूलो कारण हेपाटाइटिस बनेको डब्ल्यूएचओले जनाएको छ । डब्लुएचएको तथ्याङ्क अनुसार सन् २०२२ मा दक्षिण–पूर्वी एसियामा सात करोड ५० लाख मानिसमा हेपाटाइटिस ’बी’ र ’सी’ को संक्रमण भएको थियो ।
डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस ’बी’ र ’सी’ परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस संक्रमणबाट विशेषगरी नवजात शिशु र बालबालिका उच्च जोखिममा छन् ।

