नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित

काठमाण्डौ । नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित भएका छन् ।

उनी सेनेगलका इब्राहिम डिएवसँग पराजित भएका हुन् । उनी ४–० को सोजो सेटमा पराजित भएका हुन् । पहिलो सेटमा टक्कर दिएपनि उनी १०–१२ ले पराजित भए । त्यसपछि उनी खेलमा फर्किन सकेनन् र ३–११, ४–११, ५–११ ले पराजित हुन पुगे ।

योसँगै उनी अन्तिम ६४ मा पुग्न असफल भएका छन् । गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।