मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेछ : अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताउनुभएको छ।

अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गर्नुभयो ।

मौद्रिक नीतिले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न लचिलो भूमिका खेल्ने अर्थमन्त्री पौडेलले बताउनुभयो।