नेपाली टोली एसिया कप खेलेर स्वदेश फर्कियो

काठमाण्डौ । एसिसी एसिया कप २०२४ खेलेर नेपाली महिला क्रिकेट टोली बिहीबार श्रीलंकाबाट नेपाल फर्किएको छ।

समूह ‘ए’ मा प्रतिस्पर्धा गर्दौ गर्दा नेपाल यसै समूह चरणबाटै बाहिरिएको थियो। नेपालले पहिलो खेलमा युएईविरूद्ध ६ विकेटको जित निकालेर इतिहास भने रचेको थियो।

यसअघि दुई पटक एसिया कप खेले पनि नेपाल जितविहीन थियो। दुई संस्करणका आठ खेलमा पराजित भएको नेपालले नवौं खेलमा जित निकालेको थियो। खेलमा नेपालका लगि सम्झना खड्काले ऐतिहासिक अर्धशतक प्रहार गर्नुभएको थियो।

युएईलाई हराएर नेपालले पाकिस्तानसँग ९ विकेट र भारतसँग ८२ रनको हार बेहोरेको थियो।