त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाण्डौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो ।

९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ ।  पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जहाज दुर्घटनामा परेको र विस्तृत विवरण आउन बाँकी रहेको बताउनुभयो ।  उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन ।