लुम्बिनी संसदीय दलको नेताबाट गिरीले दिनुभयो राजीनामा
काठमाण्डौ। नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता लीला गिरीले राजीनामा दिनु भएको छ । मुख्यमन्त्री बन्नबाट बन्चित गरिएपछि गिरीले राजीनामा दिनुभएको हो ।
गिरीले मुख्यमन्त्री बन्ने तयारी गरिरहेका बेला पार्टी महासचिव शङ्कर पोखरेलले हस्तक्षेप गरेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाएपछि गिरी असन्तुष्ट रहनु भएको हो । गिरिले संसदीय विधि, पद्धतिभन्दा बाहिर गएर मुख्यमन्त्री नियुक्तिको निर्णय भएको भन्दै राजीनामा दिएको बताउनु भएको छ ।
कांग्रेसको सहयोगमा मुख्यमन्त्री बन्नु भएका संसदीय दलका उपनेता आचार्यले आजै शपथ लिएर ९ सदस्यीय मन्त्रिमण्डल गठन समेत गरिसक्नु भएको छ ।

