कांग्रेसले योगदान, योग्यता तथा प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने

काठमाण्डौ । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीको चयन गर्ने भएको छ ।

आज पार्टी मुख्यालय सानेपा ललितपुरमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णयसहित मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो ।

यसमा प्रादेशिक सन्तुलन र समावेशिताको आधार पनि हेरे सरकारमा जाने मन्त्रीको छनोट गर्ने बैठकले निर्णय गरेको पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिनुभयो ।