बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल, सेनाका जनरल पक्राउ

बोलिभियामा सैन्य ‘कू’ को प्रयास असफल भएपछि त्यहाँको प्रहरीले सेना जनरललाई पक्राउ गरेको छ । राजधानी ला पाजस्थित राष्ट्रपति निर्वासमा सेनाले बुधवार कू गर्ने प्रयास गरेको थियो ।

तर सो प्रयास स्पष्ट रूपमै विफल भयो । यसको घन्टौपछि सेनाका जनरल कमान्डर जुआन जोस जुनिगा पक्राउ परे । देशको लोकतन्त्रमाथि भएको हमलाको आफू विरुद्ध भएको राष्ट्रपति लुइस आर्सेले बताउनुभएको छ।
आर्सेको पुनरागमनलाई बोलिभियामा लोकतन्त्रको जित भनिएको छ ।

सैन्य कू को प्रयासप्रति बोलिभियामा व्यापक आक्रोश देखिएको छ । जनताहरू सडकमा सैन्य कू को प्रयासविरुद्ध उत्रिएका थिए । जनसमर्थनका लागि आर्सेले जनतालाई धन्यवाद दिएका छन् । २०२० मा पदभार ग्रहण गरेयता नै आर्सेले संकटग्रस्त सरकारको नेतृत्व गरिरहेको थियो ।