सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढ्यो
काठमाण्डौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज एक लाख ४२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेर सुन तोलाको एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

