संसद् सचिवालयका सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला

काठमाण्डौ । नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् सचिवालयमा सुरक्षार्थ खटिएका एक जना सुरक्षाकर्मी गोली लागेको अवस्थामा मृत फेला परेका छन् । नेपाल प्रहरीका २२ वर्षीय प्रहरी जवान अजित गोले शौचालयमा मृत फेला परेका हुन् ।

दोलखा मेलुङ गाउँपालिका–४ घर भएका गोलेले बिहान ड्युटीकै समयमा शौचालय गएर गोली हानी आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ। प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका उनी २०७८ सालमा प्रहरीमा भर्ना भएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।