वर्तमान सत्तासमीकरण भत्किए राम्रो हुनेछैन : केपी ओली

काठमाण्डौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्तासमीकरण भत्किए राम्रो नहुने बताउनुभएको छ ।

आज शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा समीकरण भत्किन नदिने बताउनुभयो । उहाँले कुनै दलसँग बहुमत नहुँदा अस्थिरता जन्मिएको बताउनुभयो ।

अस्थिरतामा नखेल्न उहाँको आग्रह छ । उहाँले बजेटमा असन्तुष्टि नरहेको बताउनुभयो। अध्यक्ष ओलीले शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित अभिव्यक्तिबारे स्पष्टीकरण पनि दिनुभयो।