Latest Notice

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

काठमान्डौ । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गर्नुभएको हो ।

एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा प्राप्त गर्नुभएको छ । दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्यानु भएको छ ।