Latest Notice

बझाङको मतगणना अन्तिम चरणमा, एमाले जितको नजिक

काठमान्डौ । बझाङ–१ प्रदेश सभामा नेकपा एमालेले अग्रता कायम राखेको छ । २८ हजार ५६८ सदर मत गन्दा एमालेले ३४२ मतको अग्रता बनाएको हो । एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।

सोमबार दिउसो साइपाल पालिकाकाका १, २ र ३ वडाको गणना सकिँदा एमालेले ३ सय ४२ मतको अग्रता हासिल गरेको छ। अहिले सो पालिकाका ४ र ५ वडाको गणना जारी छ। सो पालिका यस अघिको स्थानीय निर्वाचनमा एमालेले जितेको हो। गणना भएका दुबै वडामा एमालेका उम्मेदावर बिजयी भएका

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।