Latest Notice

हङकङको बोर ग्रुपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी

काठमान्डौ । हङकङको बोर ग्रुपले नेपालको होटल क्षेत्रमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ।नेपालको साखस् ग्रुपसँग मिलेर लुम्बिनी प्रदेशमा लगानी गर्ने भएको हो। लगानी सम्मेलनको अवसरमा काठमाडौंमा दुई ग्रुपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन आरएमबी लगानी गर्ने सम्झौता भएको छ।
किरण साखःले भने, ‘आज सम्झौता भएको छ। लगानी सम्मेलनको अवसर पारेर भएको सम्झौताअनुसार अब होटल परियोजना निर्माणको प्रक्रिया अघि बढ्छ।’