Latest Notice

भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको मृत्यु

काठमान्डनै । भारतको छत्तीसगढमा गाडी दुर्घटनामा हुँदा १० जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

पाथरा गाउँका झण्डै ३० जना मानिस पिकअप गाडीमा पारिवारिक समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको खबरमा उल्लेख छ ।

रातिको समयमा सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएर पिकअप गाडी दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमै ज्यान गएको थियो । घाइतेको उपचार भइरहेको छ ।