इलाममा सबै केन्द्रबाट मतपेटिका आइपुग्यो, ७ बजे सर्वदलीय बैठक बस्ने

काठमाण्डौ । हिजो शनिबार मतदान भएका इलामका सबै मतदान केन्द्रबाट हिजो रातीसम्ममा सबै मतपेटिका आइपुगेका छन् । ७९ जटा मतदान स्थल र १४९ वटै मतदान केन्द्रको मतपेटिका गणना स्थल आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाटोका कारण मतपेटिका ल्याउन ढिलाइ भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । इलाम बजारमा रहको गौतम बुद्ध हल ९सिटी हलमा० मतगणनाको तयारी भएको छ ।

हिजोबाटै मतगणनाको तयारी भए पनि अबेरसम्म मात्रै मत पेटिका आइपुग्ने भएपछि अहिले बिहान ७ बजेका लागि सर्वदलीय बैठक बोलाइएको छ ।

अहिले सर्वदलीय बैठकको तयारी भइरहेको छ । इलाममा १ लाख १५ हजार ८८९ मतदाता थिए । ती मध्ये ६९ हजार २८७ मत खसेको थियो ।