एमाले झापा पूर्ण बैठकलाई अध्यक्ष ओलीद्वारा सम्बोधन

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) झापा जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्नुभएको छ ।

झापाको झिलझिले वाटर पार्कमा आयोजित जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्नु भएको हो ।

एमाले जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्न र झापा इनर्जीको परियोजना उद्घाटन गर्नका निम्ति अध्यक्ष ओली आज गृह जिल्ला आइपुग्नुभएको हो ।

बैठकलाई सम्बोधन गर्नु अघि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न अध्यक्ष ओली नेपाली काङ्ग्रेस पार्टी कार्यालय झापामा पुग्नु भएको थियो ।

नेकपा एमालेको तर्फबाट झापा निर्वाचन क्षेत्र–४ बाट निर्वाचित साँसद एलपी साँवाले अगुवाइ गरेको यो परियोजनाको कुल लागत ८५ करोड रुपैया रहेको छ । निर्माण सुरु भएको दुई वर्षमा नै सम्पन्न भएको यो परियोजनाले नेपालको विद्युतको मागलाई पूरा गर्न सहयोगी हुने साँवाले बताउनुभयो । साँवाका अनुसार परियोजनाका लागि २१ बिगाहा १३ कठ्ठा जग्गा खरिद गरेर निर्माण सुरु गरिएको हो ।