सर्लाहीमा जीप दुर्घटना हुँदा नापी कार्यालयका १० कर्मचारी घाइते

काठमाण्डौ ।  सर्लाहीको मलंगवा नगरपालिका–११, गमहरियामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

हिजो साझ मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको जिप उखु बोकेर सोही दिशा तर्फ आउँदै गरेको ट्याक्टर पछाडि ठोक्किएको थियो। दुर्घटनामा परेको जिप क्षतिग्रस्त अवस्थामा छ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । घाइते ७ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको प्रदेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारको लागि अन्यत्र रेफर गरिएको छ। घटनामा घाइते भएकाहरू सबै नापी कार्यालय सर्लाहीका कर्मचारी रहेको प्रहरीले जनाएको छ।