अरुण चौधरीसहित तीन जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थपियो

काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले तीन दिन म्याद थप गरेको छ ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले तीन दिन म्याद थप गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो ।