अफगानिस्तानमा फेरि ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प
अफगानिस्तानमा फेरि भूकम्प गएको छ । स्थानीय समयअनुसार बिहान ५ बजेर १० मिनेट जाँदा अफगानिस्तानमा ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको बीबीसीले जनाएको छ ।
यसअघि गएको शनिवार पनि अफगानिस्तानको हेरात सहरदेखि २८ किलोमिटर उत्तरमा केन्द्रबिन्दु भएर ६ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यो भूकम्पमा परेर एक हजार जनाभन्दा धेरैको ज्यान गएको छ । शनिबारको भूकम्पले हेरात सहरदेखि ४० किलोमिटर परका कयौँ गाउँहरू ध्वस्त पारेको थियो ।
आजको भूकम्पले पु¥याएको क्षतिका विवरण आउन भने बाँकी छ । भूकम्पपीडितलाई खानेकुरा, कम्बललगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको खबरमा उल्लेख छ । एजेन्सी

