प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर

काठमाण्डौ ।  प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ ।

आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तरको कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।

सचिवालयका अनुसार आज १२ जना सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्ने छन् जसको जवाफ प्रधानमन्त्री दाहालले दिनुहुने छ ।

त्यस्तै, आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने पनि कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।