कोशी र गण्डकी प्रदेशको एक/दुई ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ । आज बिहान तराई, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

बिहान हुस्सु कुहिरो लागेपनि दिउँसो तराईमा मौसम मूख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागमा भने आंशिक बादल लाग्नेछ ।

कोशीको हिमाली र पहाडी भाग तथा गण्डकी प्रदेशको हिमाली भागको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजराति पनि कोशी र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।