पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा छठ पर्वको शुभकामना व्यक्त
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्व, २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सामूहिकताको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले सूर्य र प्रकृतिको उपासनामा निहित छठ पर्वले मानवलाई प्रकृतिप्रति सम्मान, आस्था र कृतज्ञताको भावना जागृत गराउने उल्लेख गर्नुभएको छ।
छठ पर्वले विशेष उत्साहका साथ मनाइने यस पर्वले नेपालको सांस्कृतिक विविधता र सामाजिक एकताको सुन्दर पहिचान उजागर गरेको उहाँको भनाइ छ ।
साथै, छठ पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सामूहिकताको भावना अझ प्रगाढ बनाउँदै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउन प्रेरणा प्रदान गरोस् भन्दै उहाँले सबैको जीवनमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभको छ ।


