कोशी र गण्डकीका हिमाली र पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ  ।  आज तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै ठाउँमा हुस्सु/कुहिरो लागेको छ । तर दिउँसो धेरैजसो ठाउँमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।

हिमाली र पहाडी धेरैजसो भागमा दिउँसो आंशिक बादल लागेपनि तराईको भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

साथै कोशी र गण्डकी प्रदेशको  हिमाली र पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि र पर्सि पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।