आज हिमाली र पहाडी थोरै ठाउँमा हल्का वर्षा हुने

काठमाण्डौ ।  गएको बुधबारदेखि लगातार परेको झरी आइतबार रातिदेखि रोकिएपछि मौसम खुलेको हो । अस्ति रातिदेखि छिटफुटबाहेक कतै पनि पानी नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका धेरै ठाउँमा आजको मौसम सफा छ । अस्ति सोमबार बिहानदेखि सबैजसो ठाउँमा मौसम खुलेको छ ।

अब तत्काल ठूलो र लगातार पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्न रोकिएसँगै बिहान/बेलुका चिसो भएपनि दिउँसो गर्मी हुन थालेको छ ।

आज कोशी र बागमती प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई ठाउँमा हल्का वर्षा र  हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि नै तराईका सबैजसो भागमा गर्मी बढेको छ  ।