देशभर आज दिउँसो आंशिक बदली रहने

काठमाण्डौ । देशभर आज दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थान तथा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

रातिको समयमा देशका हिमाली तथा पहाडी भू–भागसँगै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

राति पनि हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।