आज सुनचाँदीको भाउ सामान्य बढ्यो
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य बढेको छ ।
सुन आज तोलामा ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तिम कारोबार दिन अस्ति शुक्रबार सुन २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको ४ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी ४ हजार ६२० रुपैयाँमा कारोबार भएको थियो ।

