प्रधानमन्त्रीलाई कालाे चस्मा लगाउन चिकित्सककाे सुझाव
काठमाण्डाै । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भोलिको प्रतिनिधिसभा बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाएर जानु हुने भएको छ ।
उज्यालाे प्रकाशमा आँखाले हेर्न कठिनाइ देखिएपछि चिकित्सकले प्रधानमन्त्री शाहलाई आँखाकाे सुरक्षाका लागि कालाे चस्मा प्रयाेग गर्न सुझाव दिएका छन् ।
प्रधानमन्त्रीले गएकाे साउन २२ गते छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पतालमा आँखा परीक्षण गराउनुभएकाे थियाे । चिकित्सकले उहाँलाई आवश्यकताअनुसार कालो चस्मा प्रयोग गर्न सिफारिश गरेका थिए ।
यस्तै परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्रीले आँखा सुक्खा हुने भएकाले बेलाबेपाल आइड्रपको प्रयोग गरिरहनुपर्ने उल्लेख छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहको स्वास्थ्य रिपोर्टसहितको पत्र प्राप्त भइसकेको उज्यालाेलाई जानकारी दिनुभएकाे छ ।
यसअघि सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् बैठकमा कालो चस्मा लगाउन चाहने सांसद तथा पदाधिकारीले त्यसको स्वास्थ्यसम्बन्धी आधार प्रस्तुत गर्नुपर्ने बताउनुभएको थियो ।
भोलिको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम रहेको छ ।

