मास्टर्स अफ बिजनेस स्टडिजको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
घटनापछि त्रिविले छानबिन समिति गठन गरेको छ भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले घटनाबारे अनुसन्धान अघि बढाएको छ।
प्रश्नपत्र बाहिरिएको समाचार सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले शनिबार राति नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गर्दै घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको थियो ।

